बेलौरी, माघ १४ – नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रमुख आयोजना र नेपाल किसान महासंघ डडेल्धुराको सहआयोजनामा माघ १४ गते डडेल्धुराको निर्माण व्यवसायी संघ हलमा प्रदेश स्तरीय बैठक हुने भएको छ। बिहान ११ बजे सुरु हुने यस बैठकमा सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरू, प्रदेश कार्यसमिति सदस्यहरू, र सबै जिल्ला कार्यसमितिको उपस्थिति रहने सुदूरपश्चिम प्रदेश अध्यक्ष हरेन्द्र सिंह विष्टले जानकारी दिएका छन्।

बैठकले सुदूरपश्चिम प्रदेशका कृषकहरूको हितका लागि दीर्घकालीन योजना तथा रणनीतिहरू निर्माण गर्ने उद्देश्य लिएको छ।
कार्यक्रमको अध्यक्षता सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष हरेन्द्र सिंह विष्टले गर्नेछन्। विष्टले कृषकहरूको सामाजिक र आर्थिक उत्थानका लागि विभिन्न तहमा काम गर्दै आएका छन्। उनी महाकाली बहुमुखी क्याम्पस बेलौरीका व्यवस्थापन समिति अध्यक्ष पनि हुन्।





