स्थानीय तहको उपनिर्वाचन प्रक्रिया सुरु

२०८१ मंसीर २, आईतबार

कञ्चन आवाज संवाददाता, मंसीर २

यहि मंसीर १६ गते हुन गईरहेको स्थानीय तहको उपनिर्वाचनको लागि आज बिहान १० बजे बाट साँझ ५ बजेसम्मका लागि निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता सुरु भएको छ । ५ बजेपछि भने उम्मेदवारको सूची प्रकाशन गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी भोलि सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजूरी दिने समय तोकिएको छ । जसअनुसार भोलि नै उजूरी उपर जाँचबुझ गरी उम्मेदवारको सूचीमा परेका अन्तिम नामावली  प्रकाशित गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिने सम्बन्धमा भने मंसीर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म समय अवधि रहनेछ ।

स्थानीय तहहरुमा रिक्त रहेका जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिकाका मेयर तथा उपप्रमुख जनही १ र गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडा अध्यक्ष पद गरी कुल ४४ पदका लागि उपनिर्वाचन कार्यक्रम हुन गईरहेको छ । निर्वाचन आयोगले आजको दिनबाट लागु हुनेगरी आचारसंहिता समेत जारी गरेको छ । यो उपनिर्वाचन हुने जिल्लाभित्र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार, संवैधानिक निकाय र सो निकायका पदाधिकारी लगायतलाई लागु हुनेछ ।

उपनिर्वाचन कार्यक्रम मंसीर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ