भोटेकोशी बाढीका मृतकहरूको स्मृतिमा नेवाः देय् दबू र कञ्चन नेवाः समाज पुनर्वासद्वारा गाईजात्रा प्रदर्शन
पुनर्वास (कञ्चनपुर) रसुवा जिल्लास्थित भोटेकोशी नदीमा गत भाद्र १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकहरूको चिरशान्तिको कामना गर्दै कञ्चनपुरको पुनर्वासमा विशेष गाईजात्रा कार्यक्रम आयोजना गरिएको छ। नेवाः देय् दबू एवं कञ्चन नेवाः समाज पुनर्वासको संयुक्त आयोजनामा शनिबार दिवंगत आत्माहरूको स्मृति तथा..






