‘म पनि किसानकै छोरी हुँ, हाम्रै पालामा समस्या समाधान हुन्छ’ : बेलौरीमा मन्त्री गीता चौधरीका ५ ठूला घोषणा
बेलौरी (कञ्चनपुर) कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले शनिबार बेलौरीका नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै सरकारले एक सेकेन्ड पनि नरोकी जनताको काम गरिरहेको बताएकी छन्। बिदाको दिन भए पनि जनताका गुनासा सुन्न बेलौरी आइपुगेकी मन्त्री चौधरीले आफू पनि किसानकै छोरी भएको उल्लेख गर्दै स्थानीय समस्याहरू आफ्नै पालामा समाधान गर्ने..






